शुक्रबार नेपाल परिसंघको साधारणासभालाई सम्वोधन गर्दै उहाँले लगानीमैत्री वातावरण बनाएर रोजगारीमा बृद्धि गरी आर्थिक समृद्धितर्फ अघि बढ्ने सरकारको उदेश्य रहेको भन्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो । ‘वर्तमान सरकारको मुख्य प्राथमिकता भनेको तीनै तहको चुनाव तोकिएको मितिमा सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने हो । हामी अव राजनीतिक अस्थिरताको अन्त्य गरेर राजनीतिक स्थियित्व कायम गरी आर्थिक र भौतिक विकासमा फड्को मार्नुपर्ने गरी अघि बढ्ने छौ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘लगानी बढाउन सरकार आवस्यक नीति नियम तथा ऐन/कानुननै संशोधन गर्न पनि तयार छ । प्रधानमन्त्रीले सन् २०३० सम्ममा विकसिल राष्ट्र बन्ने सरकारको लक्ष्यमा निजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने धारणा पनि उक्त सभामा राख्नु भयो । ‘लगानीमा बृद्धि गरेर मात्रै हामीले सन् २०३० सम्ममा विकाससिल राष्ट्र हुने लक्ष्य पुरा गर्न सक्छौ । तसर्थ निजि क्षेत्रले पनि हाम्रो लक्ष्य अनुसार आर्थिक बृद्धिमा सहयोग गर्न लगानी बढाउन जरुरी छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘म यो सभामा सम्पूर्ण स्वोदेशी तथा विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गर्न चाहन्छ । लगानी गर्ने सिलसिलामा देखा परेको समस्याहरु समाधान गर्न म तयार छु ।’