काठमाडौं, साउन ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौंमा सेतो रिबन अभियानको अन्तर्राष्ट्रिय वैठकको उद्घाटन गर्नुभयो । अभियानले एउटा यस्तो संसारको कल्पना गर्छ, जहाँ हरेक महिलाको मातृ सुरक्षासम्बन्धि अधिकारको रक्षा र सम्मान गरिन्छ । अभियानले महिला र नवजात शिशुको सुरक्षाका लागि विश्वव्यापी वकालत गर्दै आएको छ । वैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मातृ स्वास्थ्यसम्बन्धि दीगो विकास लक्ष्य प्राप्ति अभैm चुनौतिपूर्ण रहेको र त्यसलाई पूरा गर्न आप्mनो सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो । संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारको रुपमा स्वीकार गरेको बताउँदै प्रधानमन्त्री देउवाले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वसम्बन्धि सेवालाई अझ विस्तृत र प्रभावकारी बनाउन विभिन्न ऐन, कानून र नीति निर्माणको चरणमा रहेको बताउनुभयो । मातृ तथा बाल मृत्यदर घटाउन सरकारलाई सहयोग पु¥याउने नागरिक समाज, निजी क्षेत्र, व्यक्ति र अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले थप लक्ष्य हासिल गर्न र सुधारको गतिलाई तीव्रता दिन सबै एकजुट हुुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्वस्थ नागरिक नै समृद्धिको सही सूचक हो र स्वास्थ्यमा सबैको पहुँच हाम्रो एक प्रमुख राष्ट्रिय मुद्दा बन्न जरुरी छ ।” सोमबारदेखि हवाईट रिवन अभियानका बैठकमा राजधानीमा सुरु भएको छ । विभिन्न ४ महादेशको १६ देशका प्रतिनिधिहरु उक्त अभियानको बैठकमा सहभागि हुन काठमाडौं आउनुभएको छ । नेपालमा सुरक्षित मातृत्व संजाल नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।